प्रदेश सातमा सामाजिक मन्त्रीको जिम्मेवारी सुवेदीले पाए

प्रदेश सातमा सामाजिक मन्त्रीको जिम्मेवारी सुवेदीले पाए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी – सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री दीर्घ सोडारी पदमुक्त भएपछि कृष्णराज सुवेदी मन्त्री पद पाएका छन् ।

तत्कालीन एमालेका कैलाली जिल्ला सचिवालय सदस्य सुवेदी कैलाली क्षेत्र नम्बर ४ ख बाट निर्वाचित प्रदेश सांसद हुन् । सुवेदीलाई प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले पद तथा गोपिनियताको शपथ गराए ।

पदीय आचरण विपरित काम गरेको भन्दै सामाजिक विकासमन्त्रीबाट सोडारीलाई बर्खास्त गरिएपछि मंगलबार सुवेदीलाई नियुक्त गरिएको हो ।

शपथ ग्रहरणपछि मन्त्री सुवेदीले आफ्नो कार्यकालमा प्रदेशका समस्या हल गर्ने उद्घोष गरेका छन् ।

सुवेदीलाई प्रदेश प्रमुखको कार्यालयमा मंगलबार साँझ प्रदेश प्रमुख मोहनराज मल्लको उपस्थितिमा मुख्यमन्त्री भट्टले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । शपथ ग्रहण समारोहमा प्रदेश प्रमुख, मोहनराज मल्ल, सभाभुख अर्जुन थापालगायतको उपस्थिति थियो ।

माेटरसाइकलले निम्त्यायाे दुर्घटना

सोडारी आफै सवार गाडीले मोटरसाइकल चालकलाई ठक्कर दिएर भाग्न खोजेपछि विवादमा परेका थिए । कार्तिक २३ गते राति ९ बजे उनी चढेको गाडीले मोटरसाइकललाई ठक्कर दिएको थियो । त्यसपछि घाइतेलाई उपचार गराउने प्रयासतिर नलागी भाग्न खोज्दा स्थानीयले रोकेका थिए । कैलालीको गौरीगंगा नगरपालिका – ८ बडैपुरामा उक्त घटना भएको थियो ।

उनी सवार बा २ झ २१२५ नम्बरको गाडीले विपरित दिशाबाट आउँदै गरेको से ३ प २४२० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । गाडीको ठक्करबाट मोटरसाइकल चालक बडैपुरका स्थानीय २५ वर्षीय सुरेन्द्र चन्द र त्यसमा सवार २२ वर्षीय भरत बोहरा घाइते भएका थिए ।