सहकारी विशेष छानबिन समितिको गृहमन्त्री, गृहसचिव र आइजीपीसँग छलफल जारी

सहकारी विशेष छानबिन समितिको गृहमन्त्री, गृहसचिव र आइजीपीसँग छलफल जारी


काठमाण्डु – सहकारी बचत रकम दुरूपयोग संसदीय छानबिन विशेष समितिले अहिले गृहमन्त्री रमेश लेखक, गृहसचिव एकनारायण अर्याल, आइजीपी बसन्तबहादुर कुँवरलगायतका पदाधिकारीसँग छलफल गरिरहेको छ ।

सिंहदरबारस्थित संघीय संसद सचिवालयस्थि समितिको कार्यालयमा चलिरहेको विशेष समितिको बैठकमा समस्याको समाधान कसरी गर्ने भन्ने विषयमा कुराकानी भइरहेको छ ।

विशेष समितिले सहकारी बचत रकम दुरूपयोग सम्बन्धी छानबिन गर्न विभिन्न निकायका पदाधिकारीसँग छलफल गर्दै आएको छ।

यसले समस्याग्रस्त २९ वटा सहकारीमाथि छानबिन गरिरहेको छ।