२०.६३ अंक घटेर २६६० मा ओर्लियो नेप्से, साढे १९ अर्ब नाघ्यो कारोबार

२०.६३ अंक घटेर २६६० मा ओर्लियो नेप्से, साढे १९ अर्ब नाघ्यो कारोबार


काठमाण्डु – सोमबार परिसूचक नेप्से २०.६३ अंक घटेर २६६० अंकमा ओर्लिएको छ ।

बजार घटे पनि सोमबार १९ अर्ब ६० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । आज भएको किनबेचको रकम ३५ महिनायताकै उच्च रहेको नेप्सेले जानकारी दिएको छ । सोमबार ७० कम्पनीको मूल्य बढ्दा १६८ को घट्यो । ४ कम्पनीको मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ ।

आज फाइनान्स ५६ र हाइड्रोपावर समूह २६ अंक बढ्दा अन्य सबै समूह घटेका छन् । आज बैंकिङ ०.६, विकास बैंक १४२, होटल तथा पर्यटन १९, जीवन बीमा २५२, उत्पादन १३७, माइक्रोफाइनान्स २०६, निर्जीवन बीमा १४०, अन्य ०‍.५६ र व्यापार १७६ अंक घटेका छन् ।

नेपाल फाइनान्सको मूल्य सबैभन्दा धेरै ९.७ प्रतिशत बढ्यो भने आरम्भ चौतारी लघुवित्तको मूल्य ८.३ प्रतिशत घट्यो ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, कुमारी बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, प्रभु बैंक र नेपाल फाइनान्स अगाडि रहे ।