डिएसपी राईलाई एक वर्ष थुनामा राख्न बिशेष अदालतमा मुद्दा दायर

डिएसपी राईलाई एक वर्ष थुनामा राख्न बिशेष अदालतमा मुद्दा दायर


काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २० असोजमा घुस रकम सहित रंगेहात पक्राउ परेका महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी श्यामकुमार राईलाई छ महिनादेखी एक वर्षसम्म थुनामा राख्न मागदाबी सहित बिशेष अदालतमा मुद्दा दर्ता भएको छ ।

राईले लिएको १ लाख ४० हजार बिगो मागदाबी सहित बुधबार बिशेष अदालतमा मुद्दा दर्ता गरेको हो। आयोगले राईले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कसुर गरेको दाबी सहित मुद्दा दर्ता गरेको छ ।

उनलाई ऐनको उपदफा १ को घ बमोजिम सजाय माग गरिएको हो। ऐनमा राष्ट्र सेवक कर्मचारीले घुस लिएको प्रमाणित भएमा ६ महिनादेखी १ वर्षसम्म सजाय हुने उल्लेख छ।