निष्ठापूर्व काम गर्न प्रतिवद्व छु : मन्त्री पाण्डे

निष्ठापूर्व काम गर्न प्रतिवद्व छु : मन्त्री पाण्डे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले निष्ठापूर्व काम गर्न प्रतिवद्व रहेको बताएका छन् ।

नेपाली कांग्रेस पर्यटन विभागद्वारा आज आयोजित नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी सम्बद्व पर्यटन व्यवसायीसँगको छलफल एवम् अन्तरक्रिया उनले संस्कृति र प्रकृतिलाई सँगसँगै लग्न सकिए पर्यटनको विकास हुने बताए ।

आफू हाल १८ घण्टा मन्त्रालयको काममा खटिएकाले परिणामूखी काम गरेर देखाउने प्रतिवद्वता उनले व्यक्त गरे ।

मन्त्री पाण्डेले पर्यटनमैत्री पर्यटन नीति बन्नेमा पर्यटन व्यवसायीलाई ढुक्क रहन आग्रह गरे । उनले आफूलाई पार्टी, नेता र कार्यकर्ताको विश्वासमा कुठाराघात नगरी निष्ठापूर्वक काम गर्न प्रतिवद्व रहेको पनि बताए ।