कक्षा १२ को नतिजा सार्वजनिक, ५२ प्रतिशत विद्यार्थी उत्तीर्ण (सूचीसहित)

कक्षा १२ को नतिजा सार्वजनिक, ५२ प्रतिशत विद्यार्थी उत्तीर्ण (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो ।

नतिजाअनुसार एक लाख ८७ हजार २१ जना ननग्रेडिङ (एनजी) आएको छ ।
परीक्षामा सहभागी भएका नियमति तर्फ ३ लाख ९० हजार ८६८ जना विद्यार्थीमध्ये एक लाख ८७ हजार २१ जना विद्यार्थी फेल भएका हुन् ।

नतिजामा ५२ प्रतिशत अर्थात २ लाख ३ हजा ८४७ जना विद्यार्थी उत्तीर्ण भएका छन् । ४८ प्रतिशत विद्यार्थीको एनजी आएको हो । त्यस्तै ३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ९ हजार ५९१ रहेका छन् भने १०२ जनाको परीक्षा रद्ध भएको छ ।

यस्तै १.६१ देखि २ जीपीए ल्याउने विद्यार्थी १२ जना रहेका छन् ।

गत वैशाख १४ गतेबाट सुरु भएको कक्षा १२ को परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ जना छात्र गरी तीन लाख ९० हजार आठ ४७ परीक्षार्थीहरु सहभागी थिए ।

त्यस्तै ग्रेड वृद्धितर्फ एक लाख छ सय ५० विद्यार्थी सहभागी थिए । ७७ वटै जिल्ला र जापानको एकसमेत गरी १ हजार ५ सय २६ केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।

देशभरबाट ५ हजार ५ सय ४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी थिए ।

कसरी हेर्ने नतिजा ?

यसैबीच कक्षा १२ को नतिजा हेर्नका लागि नेपाल टेलिकमले विभिन्न माध्यमको प्रयोग गर्न आग्रह गरेको छ ।

टेलिकमले आज सूचना जारी गर्दै राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १२ सानोठिमीले प्रकाशित गर्ने कक्षा १२ को नतिजा आईभीआर, एसएमएस, युएसएसडी र वेबसाइटमार्फत् हेर्न सकिने बताएको हो ।

टेलिकमका अनुसार आईभीआरका लागि नेपाल टेलिकमको ल्यान्डलाइन फोन, मोबाइलबाट १६०१ डायल गरी नतिजा प्राप्त गर्न सकिने छ ।