कर्णालीमा कांग्रेसका ४ मन्त्री नियुक्त

कर्णालीमा कांग्रेसका ४ मन्त्री नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-कर्णाली सरकारले पूर्णता पाएको छ । मुख्यमन्त्री यामलाल कँडेलले ४ जना मन्त्री नियुक्त गरेसँगै सरकारले पूर्णता पाएको हो ।

कांग्रेस संसदीय दलको बैठकले एमालेको नेतृत्वमा रहेको सरकारमा सहभागी हुने चार जना मन्त्रीको नाम टुंगो लगाएको हो ।

मुख्यमन्त्री यामलाल कँडेलको नेतृत्वको सरकारमा नेतृत्वमा कांग्रेसबाट सुरेश अधिकारी, घनश्याम भण्डारी र विजया बुढा मन्त्री बनेका छन् । शाहले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन् भने घनश्याम भण्डारीलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यस्तै विजया बुढालाई जलस्रोत तथा ऊर्जा मन्त्रालय र सुरेश अधिकारीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय दिइएको छ । उनीहरुका शपथ आजै हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

कांग्रेसबाट मन्त्री भएका चार जना मध्ये शाह, भण्डारी र बुढा संस्थापन पक्षका हुन भने अधिकारी संस्थापन इतर पक्षका हुन् । ८ सदस्यीय कर्णाली मन्त्रिपरिषद्मा मुख्यमन्त्रीसहित एमालेले तीन मन्त्रालय राखेको छ ।