लुम्बिनीका मन्त्रीहरूले पाए जिम्मेवारी

लुम्बिनीका मन्त्रीहरूले पाए जिम्मेवारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-लुम्बिनी प्रदेशमा विनाविभागीय मन्त्री बनेका ८ जना सांसदहरूले १० दिनपछि आफ्नो मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

मुख्यमन्त्री चेतनारायण आचार्य र कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीबीच आज बुटवलमा भएको छलफलपछि मन्त्रालयको जिम्मेवारी बाँडफाँड गरिएको हो ।

मुख्यमन्त्रीसहित एमालेबाट ५ र कांग्रेसबाट ४ मन्त्रीले साउन ९ गते शपथ लिएका थिए ।

लुम्बिनी प्रदेशका प्रमुख कृष्णबहादुर घर्ती मगरले पदभार ग्रहण गरेसँगै मन्त्रिपरिषद्ले मन्त्रीहरूको कार्य विभाजन गरेको हो ।

जसमा वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी बादसाह कुर्मीले पाएका छन् भने भूमिस्वर ढकालले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, दिनेश पन्थीले कृषि, भूमि व्यवस्था तथा सहकारी, धनेन्द्र कार्कीले आर्थिक मामिला तथा योजना, सरोज थापाले सहरी विकास र प्रचण्डविक्रम न्योपाने उद्योग मन्त्रालयको जिम्मेवारी पाएका छन् । यस्तै खेम बहादुर सारु स्वास्थ्य र सीता शर्मालाई ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।