क्यानका पदाधिकारीसँग प्रधानमन्त्रीले भने-एउटा गतिलो रंगशाला बनाउनुपर्छ

क्यानका पदाधिकारीसँग प्रधानमन्त्रीले भने-एउटा गतिलो रंगशाला बनाउनुपर्छ


काठमाण्डु-प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा गतिलो रंगशाला बनाउनुपर्‍यो भन्ने सुझाव सबैभन्दा बढी आएको बताएका छन् ।

शनिवार बिहान प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा क्यानका पदाधिकारीहरूसँगको संवादपछि उनले यस्तो बताएका हुन् ।

‘सामाजिक सञ्जालमा मलाई एउटा गतिलो रंगशाला बनाउनुपर्‍यो भन्ने सुझाव सबैभन्दा धेरै आएको छ,’ उनले भने, ‘यो सरकारको पहिलो निर्णय नै सुविधा सम्पन्न रंगशाला बनाउने छ ।’

प्रधानमन्त्री ओलीले क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्कालगायतसँग संवाद गरेका थिए ।