भारत, अमेरिका र बेलायतलले आफ्ना नागरिकलाई तत्काल लेबनान छाड्न भन्यो

भारत, अमेरिका र बेलायतलले आफ्ना नागरिकलाई तत्काल लेबनान छाड्न भन्यो


काठमाण्डु-लेबनानमा तनाब बढ्दै गएपछि भारत, अमेरिका र बेलायतले आफ्ना नागरिकलाई तत्काल स्वदेश फिर्ता हुन निर्देशन दिएको छ ।

पछिल्लो केही दिनदेखि इजरायल र हिजबुल्लाहको बीच युद्ध चर्किने सम्भावना बढ्दै गएपछि तीन वटै देशले आफ्ना नागरिकलाई तत्काल स्वदेश फिर्ता हुन निर्देशन दिएको हो ।

समाचार संस्था एएफपीका अनुसार लेबनानस्थित अमेरिकी दूतावासले अमेरिकी केही हवाईसेवा रद्द भएपनि उपलब्ध अन्य हवाईसेवाबाट तत्काल स्वदेश फर्किन सबै नागरिकलाई निर्देशन दिएको बताएको छ ।

त्यस्तै भारत र बेलायतले पनि तत्काल लेबनान छोड्न आफ्ना नागरिकलाई निर्देशन दिएको छ ।

आउने दिनमा इजरायल र हिजबुल्लाह बीचको युद्धका कारण स्थिति कस्तो निम्तिन्छ भन्ने यकिन नभएका कारण तत्काल सुरक्षाको दृष्टिले लेबनान छाड्न दुबै देशले आफ्ना नागरिकलाई भनेको छ ।