कावासोतीमा भएको बस दुर्घटनामा १६ घाइते

कावासोतीमा भएको बस दुर्घटनामा १६ घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कावासोती – पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोतीमा बिहिबार बिहान ३ बजे बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।

दाङबाट काठमाडौंका लागि छुटेको ना६ख ६३०१ नंको बस अनियन्त्रित भई पल्टिँदा घाइतेमध्ये १२ जनाको कावासोतीस्थित कालीगण्डकी अस्पतालमा उपचार भइरहेको र गम्भीर घाइते भएका दाङ सतवरीया–८ की २६ वर्षीया पुजा तामाङ, लमही–९ की ३० वर्षीया कल्पना बुढामगर, देउखुरीकी ४७ वर्षीया रामदुल्ली चौधरी र देउखुरी–६ की ५० वर्षीया प्रदेसु चौधरीको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ ।

बसमा ४५ यात्रु सवार रहेको नवलपरासी जिल्ला प्रहरी कार्यालय पूर्वका प्रहरी नायव उपरीक्षक लीलाराज लामिछानेले बताए ।