काठमाण्डु – बंगलादेशकी प्रधानमन्त्री शेख हसिना सोमबार साँझ सि–१३० हरकुलस सैन्य यातायात विमानबाट नयाँदिल्ली नजिकैको हिन्डन एयरबेसमा उत्रिएकी छन् ।
विमानलाई भारतीय वायु सेनाको सि–१७ र सि–१३० जे सुपर हरकुलस विमान ह्याङ्गर नजिकै पार्क गरिने बताइएको छ ।
भारतीय वायु सेना र सुरक्षा एजेन्सीहरूले भारतीय हवाई क्षेत्रमा प्रवेशदेखि लिएर गाजियाबादमा हिन्डन एयरबेससम्म विमानको आवागमनको निगरानी गरेका थिए ।
यद्यपि हसिना दिल्लीमा बस्छिन् वा अन्यत्र जान्छिन् भन्ने स्पष्ट छैन । बंगलादेशका मिडिया आउटलेटहरूले उनी लन्डन जान सक्ने अनुमान गरेका छन् ।
स्रोतहरूका अनुसार बंगलादेशी सि–१३० विमान भारतीय हवाई क्षेत्रमा प्रवेश गरेलगत्तै भारतीय वायुसेनाको लडाकू विमान उडेको थियो र केही समयसम्म विमानको निगरानी गरेको थियो ।
भारतीय वायु सेना र भारतीय सेना कुनै पनि आकस्मिक अवस्थाको सामना गर्न तयार रहेको स्रोतले बताएको छ ।
प्रतिक्रिया