एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाउने सहमति कांग्रेस बैठकबाट अनुमोदन

एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाउने सहमति कांग्रेस बैठकबाट अनुमोदन


काठमाण्डु – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठनका लागि केन्द्रीय कार्यसम्पादन समितिले गरेको निर्णय अनुमोदन गरेको छ ।

केन्द्रीय कार्यालय सानेपामा बुधबारदेखि सुरु भएको बैठकले राष्ट्रिय सहमतिको सरकार गठनका लागि भएको निर्णय अनुमोदन गरेको छ ।

कांग्रेसले नेकपा एमालेसँग गत असार १७ गते राष्ट्रिय सहमतिको सरकार गठनका लाािग ७ बुँदे सहमति गरेको थियो । सहमतिलाई कांग्रेसको केन्द्रीय सम्पादन समितिले पारित गरेको थियो ।

बुधबारको बैठकमा विभिन्न ११ वटा एजेन्डा छलफलका लागि पेश भएका छन् ।

बैठकमा महासमितिले पारित गरेका विभिन्न प्रस्ताव सुझावसहित अनुमोदन गर्नेदेखि भदौ महिनामा संगठन सुदृढीकरण अभियान चलाउनेसम्मका प्रस्ताव छन् ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बैठकका प्रस्ताव राखेर बुधबारका लागि बैठक सकिएको बताए । भदौ १५ देखि मंसिर २५ गतेसम्म संगठन सुदृढीकरण अभियान चलाउने प्रस्ताव केन्द्रीय कार्यसमिति बैठकमा पेश गरिएको छ ।