काठमाण्डु–हिमालयन ऊर्जा विकास कम्पनीले आज देखि हकप्रद शेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिशेयर १०० रुपैयाँका दरले हाल कायम चुक्ता पुँजीको शतप्रतिशत अर्थात् १ः१ अनुपातमा ९९ लाख कित्ता हकप्रद बिक्री खुला गरेको हो ।
हकप्रद निष्कासन प्रयोजनार्थ कम्पनीले असार २० गते बुक क्लोज गरिसकेको छ । यसका आधारमा असार १९ गतेसम्म कायम शेयरधनीले यो हकप्रदमा आवेदन दिन पाउनेछन् । आवेदन भदौ १२ गतेसम्म दिन सकिनेछ । हकप्रद निष्कासनका लागि गराएको रेटिङमा क्रेडिट रेटिङ एजेन्सी इन्फोमेरिक्सले ‘आईआरएन डबल’ रेटिङ प्रदान गरेको छ । यसले वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ ।
कम्पनीको हकप्रद निष्काशनको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । यस हकप्रदमा बिक्री प्रबन्धकका साथै लक्ष्मी सनराइज बैंकको गोकुल गंगा गाउँपालिका–०१, शिवालय, रामेछाप तथा धितोपत्र बोर्डबाट आस्वा अनुमति पाएका बैंक तथा वित्तीय संस्था र मेरो शेयरमार्फत आवेदन दिन सकिनेछ । हाल यस कम्पनीको चुक्ता पुँजी ९९ करोड रहेको छ । हकप्रद निष्कासनपछि एक अर्ब ९८ करोड रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया