आईपीओ र राइट सेयरको काम अघि बढाउंदै धितोपत्र बोर्ड, हिमालयन मर्चेन्ट बैंकरले पायो लाइसेन्स

आईपीओ र राइट सेयरको काम अघि बढाउंदै धितोपत्र बोर्ड, हिमालयन मर्चेन्ट बैंकरले पायो लाइसेन्स


काठमाण्डु -धितोपत्र बोर्डले हिमालय मर्चेन्टलाई लाइसेन्स दिएको छ । बुधबार बसेको धितोपत्र बोर्ड संचालक समितिको बैठकले हिमालयन मर्चेन्ट बैंकरलाई लाइसेन्स दिने निर्णय गरेको हो ।

बोर्डका कार्यवाहक अध्यक्ष महेश बरालले हिमालय रि इन्स्योरेन्सको लगानि रहेको कम्पनीलाई लाइसेन्स दिएको स्रोतले बतायो । यससंगै मर्चेन्ट बैकरहरुको संख्या ३० पुगेको छ । यसमा शुलभ अग्रवालको जगदम्बा र शेखर गोल्छाको गोल्छा समूहदेखि व्यापारी दीपक भट्टको इन्फिनिटी समूहको मुख्य लगानि छ ।

मर्चेन्ट बैंकरले धितोपत्र निष्कासनदेखि लगानी व्वस्थापन र संस्थागत परामर्श सेवा दिने काम गर्दछ । हिमालय रिले हिमालय बैंकको समेत सेयर खरिद गर्न खोजिरहेको छ । तर, राष्ट्रबैंकले उसलाई अनुमति नदिंदा समस्या भएको छ । यसै समुहले नयां स्टक एक्सचेन्जको लाइसेन्स लिन प्रयास गरिरहेको छ ।

धितोपत्र बोर्डमा सहसचिव बराल कार्यबाहक अध्यक्षका रुपमा आएपछि मर्चेन्टको लाइसेन्स दिने पहिलो ठुलो निर्णय हो । उनले चांडै पाइपलाइनमा रहेका आईपीओ र राइट सेयरको अनुमति समेत दिने तयारी गरेको स्रोतले बतायो । धितोपत्र बोर्डमा अध्यक्ष नियुक्त नहुंदा लामो समयदेखि सयौं कम्पनीहरुको आईपीओ र राइट सेयर जारी गर्ने काम रोकिएको छ ।

बिहिवार अर्थसमितिको बैठकमा समेत धितोपत्र बोर्डले काम रोकेको भन्दै सांसदहरुले बोर्डको क्षमतामाथि नै प्रश्न उठाएका थिए । उनिहरुले आईपीओ र राइट सेयरको काम रोकिएको भन्दै त्यो नियतबस हो वा अध्यक्ष नभएर रोकिएको भन्दै उनिहरुले त्यसमा काम अघि बढाउन भनेका थिए ।

बैठकमा सांसदहरु जुलि महतो,नारायणी शर्मालगायतले आईपीओ रोकिनुको कारणबारे जवाफ माग गरेका थिए । धितोपत्र बोर्डका कार्यबाहक अध्यक्ष बराललाई तत्काल काम अघि बढाउन अर्थमन्त्री विष्णु पौडेलले निर्देशन दिइसकेका छन् ।