प्रहरीका एआईजी जोशीलाई दर्ज्यानी चिह्न प्रदान

प्रहरीका एआईजी जोशीलाई दर्ज्यानी चिह्न प्रदान


काठमाण्डु – सरकारले बढुवा गरेका नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) रामदत्त जोशीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा आईजीपी वसन्त कुँवरले जोशीलाई चिह्न लगाएका छन् ।

बढुवा समितिको सिफारिसअनुसार साउन २२ गते मन्त्रिपरिषद्ले डीआईजीबाट जोशीलाई एआईजीमा बढुवा गरेको हो । उनलाई प्रहरी प्रधान कार्यालयस्थित कार्य विभागमा पदस्थापन गरिएको छ ।