काठमाण्डु – सरकारले लुम्बिनी प्रदेशबाट तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणलाई नगर विकास कोषको सदस्यमा मनोनित गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले खाणलाई सात प्रदेशबाट एक एक जना नगरप्रमुखलाई सदस्य मनोनित गर्दा लुम्बिनी प्रदेशबाट खाणलाई मनोनित गरेको हो ।
मोफसलमा सडक बत्ति, सडकको बीचमा हरियाली बगैचा, फूल रोपेर चर्चामा रहेको तिलोत्तमाले विभिन्न अन्तर्राष्टिय पुरस्कार पाएको छ ।
अन्तराष्टिय संस्थाहरूबाट नगरपालिकामा राम्रो काम गरेर पुरस्कृत भइसकेका खाणले सरकारले गरेको यो मनोनयनले आफूमा झन जिम्मेवारी थपिएको बताए । उनले आफूलाइृ दिएको जिम्मेवारी कुशलताका साथ सम्पन्न गर्न लागिपर्ने पनि बताए ।
प्रतिक्रिया