काठमाण्डु–सार्वजनिक लेखा समितिले माग गरेबाहेकका अनावश्यक कागजपत्र पठाएपछि समितिले नेपाल विद्युत प्राधिकरणलाई नै फिर्ता पठाउने भएको छ।
समितिले टिओडी मिटरको विवरण पठाउन प्राधिकरणलाई निर्देशन दिएको थियो। बिहीबार प्राधिकरणले झन्डै एक लाख पेज विभिन्न किसिमका कागजपत्रहरू पठाएको थियो।
जसमा टिओडीको विवरण तीन पोका र अरू माग्दै नमागेको काजगात २१ पोका आएको समितिले जनाएको छ।
हिजो प्राधिकरणले कार्यालय समयको अन्तिममा पठाएका कारण चेकजाँच गर्न नपाएको र आज चेकजाँच गर्दा अनावश्यक कागजात भेटिएपछि फिर्ता गर्न लागिएको समितिले जनाएको छ।
गत शुक्रबार बसेको लेखा समिति बैठकले प्राधिकरणसँग टिओडी मिटरको विवरण माग्ने निर्णय गरेको थियो। त्यसपछि सोमबार समितिले पत्राचार गरेर प्राधिकरणलाई तीन दिनभित्र विवरण पठाउन आग्रह गरेको थियो।
लोडसेडिङको समयमा उद्योगहरूलाई अतिरिक्त विद्युत उपलब्ध गराइएको र त्यस्ता ६१ उद्योगले प्रिमियम शुल्क उपलब्ध नगराएको उल्लेख गरिएको थियो।
प्रतिक्रिया