काठमाण्डु– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको आईपीओ निष्कासन गरिने बताएका छन् ।
दोस्रो कार्यकालका लागि प्राधिकरणको कार्यकारी निर्देशकको रूपमा नियुक्त भएको तीन वर्ष पुरा भएको अवसरमा शुक्रबार पत्रकार सम्मेलन गर्दै घिसिङले यस्तो बताएका हुन् ।
घिसिङले प्राधिकरणको पूँजीको तत्कालका लागि १० प्रतिशत आईपीओ आमसर्वसाधारणका लागि जारी गर्ने तयारी भईरहेको बताएका छन् । उनले आइपीओबाट संकलन गरेको रकम ठूला जलविद्युत आयोजनामा लगानी गरिने बताए ।
इक्रा नेपालले प्राधिकरणलाई लगातार डबल ए प्लस रेटिङ प्रदान गरेको समेत घिसिङले बताए ।
‘यसबाट प्राधिकरण आफ्नो वित्तीय तथा आर्थिक अवस्था लायित्व ढुक्कसँग बहन गर्न सक्ने क्षमतामा देखिएको छ,’ उनले भने,‘यसरी प्राधिकरणले कमाएको नाफा ग्राफमा देखिने कोरा अंक मात्र होइन, यो त विद्युत विकासका पूर्वाधार निर्माण र सेवा विस्तारमा लगानी हुने भरपर्दो स्रोत पनि बनेको छ । जसले भविश्यको थप नाफालाई पनि सुनिश्चित गर्नेछ ।’
प्रतिक्रिया