खानेपानी मन्त्री बिना मगरको निर्देशन-‘हुलाकी राजमार्ग निर्माण युद्धस्तरमा गर्नुहोस्’

खानेपानी मन्त्री बिना मगरको निर्देशन-‘हुलाकी राजमार्ग निर्माण युद्धस्तरमा गर्नुहोस्’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विमल धामी

कञ्चनपुर– खानेपानी मन्त्री बिना मगरले कञ्चनपुरमा निर्माण हुन लागेको हुलाकी राजमार्ग आयोजनाको काम युद्धस्तरमा अघि बढाउन निर्देशन दिएकी छिन्।

बिहीबार निर्वाचन क्षेत्र विकास कार्यक्रमको योजना छनौटका लागि गृहजिल्ला आएको बेला महेन्द्रनगरमा हुलाकी राजमार्ग आयोजना र निर्माण कम्पनीका कर्मचारीलाई सडकको काम  द्रुतगतिमा अघि बढाउन निर्देशन दिएकी हुन्।

मन्त्री मगरले भने, ‘हुलाकी राजमार्ग निर्माणमा ढिलासुस्ती भएको जनगुनानो बढ्दै भएको छ, ‘सडक निर्माण युद्धस्तरमा गर्नुहोस्।’

मन्त्री मगरले आयोजना र निर्माण कम्पनीका कर्मचारीलाई बोलाएर सम्झौता अनुसार नियमित ढङगबाट निर्माण गर्न समेत निर्देशन दिईन् । काममा कुनैपनि लार्पबाही नगर्न समेत आग्रह गरिन् ।

बषौँ बषौँ जनताले हिउँदमा धुलाम्मे र बर्षातमा हिम्लाम्मे हुने अवस्था कहिलेसम्म भोक्ने भन्दै मन्त्री मगरले सम्बन्धीत निकायले जनताको पिरमर्का समेत बुझ्नुपर्नेमा ध्यान केन्द्रीत गरिन् । ‘जनताको चाहना अनुुसार सडकको काम गर्नुहोस, ‘मन्त्री मगरले भनिन्, ‘सडक निर्माणमा गुणस्तरियताका कमि नगर्नुहोला ।’ अहिले कहाँबाट कहाँसम्म कालोपत्रे गर्ने, कहाँबाट माटो, ग्राभिलिङ्ग फिलिङ्ग गर्ने भन्ने विषयमा निर्माण कम्पनीले सोही ढङगले काम अघि बढाउनुपर्ने मन्त्री मगरको सुझाव थियो ।

बेलौरी–कलुवापुर सडकखण्ड पनि दुत गतिमा अघि बढाउन निर्देशन दिदै मन्त्री मगरले काम नगर्ने निर्माण कम्पनीका विषयमा सम्बन्धीत कार्यालयले कार्बाही प्रकृया अघि बढाउन समेत निर्देशन दिनुभयो । जनताको काममा रतिभर पनि ढिलासुस्ती लार्पबाही नगर्न समेत मन्त्री मगरले सम्बन्धीत निकायसंग आग्रह गरिन् ।

हुलाकी सडक निर्माणको जिम्मा पाएको राजेन्द्र जेभी निर्माण कम्पनीका ईन्जिनियर रोशन भट्टले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अवरोधका कारण ढिलासुस्ती भएको बताउदै उनले केही निर्माण कम्पनीका तर्फबाट समेत ढिलाई भएको स्र्वीकार गर्नुभयो । उनले दैजी र पुर्नवासमा चार चार किलोमिटर कालोपत्रे गर्ने बताउदै निकुञ्जमा माटो भरान हुँदै बेस निर्माण भईरहेको बताए ।

हुलाकी राजमार्ग आयोजका ईन्जिनियर पदम बहादुर मडैले आयोजनामा जनशक्ति अभावका कारण ढिलासुस्ती भएको बताउदै उनले कार्यालय प्रमुखै बिहिन रहेको गुनासो पोखे ।

डिभिजन सडक कार्यालय कञ्चनपुरका ईन्जिनियर खगेन्द्र शाहीले हुलाकी राजमार्ग आयोजना र बेलौरी कलुवापुर सडकको काम बारे मन्त्रीलाई जानकारी गराएका थिए । डिभिजन सडक कार्यालय कञ्चनपुरका ईन्जिनियर खगेन्द्र शाहीले बेलौरी कलुवापुर सडकखण्ड कालोपत्रे गर्ने जिम्मा पाएको निर्माण कम्पनी सन्तोषि थेगिम भेजीले लार्पबाही गरेको बताए ।

उनले अहिले भौतिक मन्त्रालयबाट उक्त सडक प्रदेशमा सार्नका लागि पत्र आएको बताउदै उक्त कार्यले समेत अलपत्र पर्ने बताए। नेकपा कञ्चनपुरका नेता पल्लवराज भट्टले काम नगर्ने नियतले हुलाकी र बेलौरी कलुवापुर निर्माणले गति नपाएको बताए।

‘माटो फिलिङ्ग र ग्राभिलिङ्गमा ठेकेदारलाई फाईदा हुन्छ, ‘उनले भने, ‘कालोपत्रेमा फाईदा नहुने भएकाले ठेक्का लम्ब्याउन खोजेको छन्।’ छिट्टै कालोपत्रेका काम गर्न समेत उनले आग्रह गरे।

नेकपा कञ्चनपुरका अर्का नेता बीर बहादुर थापा(पातल)ले राज्यले जिम्मेबारी दिएको निकाय नै गम्भिर नभएका कारण सडकको काम लम्बिएको बताउदै सम्बन्धीत पक्ष जिम्मेबार हुनुपर्नेमा जोड दिए । उनले यथाघिश्र काम अघि बढाउन समेत आग्रह गरे।

यस्तै नेकपाका युवा नेता अक्कल विष्टले हुलाकी राजमार्गको दैजी–बेलडाँडी सडकखण्डमा ढिलासुस्ती भईरहेको बताउदै जंगलमा तिव्रतर रुपमा काम गर्नुपर्ने बताए । छलफलमा बेलडाँडी गाउँपालिका प्रमुख धन बहादुर थापा, बेलौरी नगरका प्रमुख पोतिलाल चौधरी र पुर्नवास नगरका प्रमुख जीवनराज थापाले सडक निर्माणमा सम्बन्धीत निकायबाट चरम लार्पबाही भएका कारण काममा ढिलासुस्ती भएको बताएका थिए।

द्रुत गतिका काम गर्न समेत उनीहरुले आग्रह गरेका थिए । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरको दैजी देखि बेल्डाँडी–बेलौरी–पुनर्वास –डोकेबजार हुँदै कैलाली सदरमुकाम धनगढी जोेड्ने ६२ किलोमिटर कच्ची सडक कालोपत्रेका लागि बाबाहंस र शर्मा जेभी निर्माण कम्पनीले सडक कालोपत्रेका लागि ३० महिनाको अवधिमा निर्माणको जिम्मा पाएका थिए ।

कुल १ अर्ब, १७ करोडको लागतमा उक्त सडकको ७ मिटर चौडाई कालोपत्रे गरिने छ । ३० महिनामा कालोपत्रे गर्ने जिम्मा पाएको झण्डै २० महिना सकिएको छ। पूरै सडकको फाउण्टेशन समेत भएको छैन् ।

काम गर्न १० महिना मात्रै बाँकी हुँदा समेत निर्माण कम्पनीले ढिलासुस्ती गर्दा फेरीपनि दक्षिणी जनताले यातायातामा उस्तै समस्या भोक्नुपर्ने चिन्ता व्यक्त गरिएको छ। हुलाकी राजमार्ग आयोजनाले उक्त सडक ० देखि २० किलोमिटर, २० देखि ४० र ४० देखि ६२ किलोमिटर सडक तीन चरणमा कालोपत्रे गर्ने ठेक्का दिएको थियो।

सडक निर्माण नभएका कारण दक्षिणी क्षेत्रका जनताले बषौँदेखि कच्ची सडकमा जोखिमपुर्ण कष्टकर यात्रा गर्न बाध्य भएका छन्। बजेट कुम्ल्याउन र सरकारको ढुकुटी सिध्याउन ढिलासुस्ती भईरहेको स्थानीको चिन्ता छ।

कञ्चनपुर कैलालीका सदरमुकाम जोड्ने उक्त सडक कालोपत्रे भए दक्षिणी क्षेत्रका स्थानीयलाई यातायातमा राहत र समग्र (कैलाली–कञ्चनपुर) को आर्थिक विकासमा बृद्धि हुने अपेक्षा लिइएको छ।