‘प्याकुली’ म्यूजिकल फिल्म सार्वजनिक

‘प्याकुली’ म्यूजिकल फिल्म सार्वजनिक


काठमाण्डु-वैदेशिक रोजगारीमा गएको युवाको कथामा आधारित ‘प्याकुली’ नामक म्यूजिकल फिल्म सार्वजनिक भएको छ ।

नीतिन चन्दले निर्देशन गरेको गीतको भिडियोमा आरआर खड्का, तलीशा गुरूङ, महेश खड्का, घनश्याम जोशी, बालकलाकार रोनिश खड्का, अर्जुनकाजी श्रेष्ठको अभिनय छ । आरआर (रामहरि) खड्काको शब्दमा रहेको गीतमा बाबुल गिरीको संगीत र स्वर छ । शिशिर गरूङले निर्माण गरेको भिडियोलाई दिनेश पराजुलीले खिचेका हुन् ।

लाइक माइण्डस् नेपालले सम्पादन गरेको भिडियोको कलर ग्राफिक्समा राकेश दाहालले योगदान दिएका छन् । क्रियटिभ डाइरेक्टर शिशिर अर्याल र सहायक निर्देशक उत्सव पौडेल रहेका छन् ।

समाजको कथालाई आफैं भोगेर शब्दमा उतारेका आरआर खड्काले म्यूजिक भिडियोका मुख्य चरित्र निर्वाह गरेका छन् ।