राज्य व्यवस्था समितिले गृहमन्त्री, मुख्यसचिव र अख्तियार प्रमुखलाई छलफलमा बोलायो

राज्य व्यवस्था समितिले गृहमन्त्री, मुख्यसचिव र अख्तियार प्रमुखलाई छलफलमा बोलायो


काठमाण्डु– प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था समितिले गृहमन्त्री, मुख्यसचिव र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्तलाई छलफलमा बोलाएको छ।

भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकको विषयमा छलफल गर्न आगामी साउन ३१ गते गृहमन्त्री रमेश लेखक, मुख्यसचिव लिलादेवी गड्तौला र आयुक्त प्रेमकुमार राई र अख्तियारका पदाधिकारीहरूलाई समितिको बैठकमा बोलाइएको हो।

आइतबारको बैठकमा ‘भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक’का विषयमा छलफल भएको थियो।