आज २७ अर्बको सेयर कारोबार, नेप्से ३१ महिनाकै उच्च

आज २७ अर्बको सेयर कारोबार, नेप्से ३१ महिनाकै उच्च


काठमाण्डु– साेमबार पनि सेयर बजारले नयाँ रेकर्ड राखेकाे छ । हिजाे उच्च काराेबार गरेर राखेकाे रेकर्ड सोमबार नै तोडिएको छ ।आइतबार २५ अर्ब २७ करोडको कारोबार गरेकाे बजारले यस दिन २७ अर्ब २४ करोड रुपैयाँ बराबरको कारोबार गरेकाे छ ।

सोमबार नेप्से परिसूचक ७०.८१ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २९३१ अंकमा कायम भएको छ । यो अंक ३० महिनायताकै अर्थात २०७८ माघयताकै उच्च हो ।

कुल १७१ कम्पनीको मूल्य बढ्दा ६८ को घट्यो भने ३ को स्थिर रह्यो ।

यसदिन ३३९ वटा धितोपत्रको छ करोड ४८ लाख ७६ हजार २१७ कित्ता सेयर किनबेच भएको हो।

सोमबार १७१ कम्पनीको सेयर मूल्य बढेको छ भने ६८ वटाको घटेको छ।

यसदिन सात कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ।

सूर्यज्योति लाइफ इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स, जोशी हाइड्रोपावर, स्वेत गंगा हाइड्रोपावर, भिजन लुम्बिनी र शुभम पावरको सेयर मूल्य १० प्रतिशतका दरले बढेको हो।

यस्तै, कुथेली बुखरी स्मल हाइड्रोपावरको मूल्य सर्वाधिक १० प्रतिशतले घटेर प्रतिकित्ता मूल्य दुई हजार ८ रूपैयाँ १० पैसामा झरेको छ।

लक्ष्मी लघुवित्तको मूल्य ३.८० प्रतिशतले घटेको छ।

उक्त कम्पनीको प्रति कित्ता मूल्य एक हजार १९० रूपैयाँ कायम भएको छ।