चलचित्र विकास बोर्डको अध्यक्षमा ३ जनाकाे आवेदन

चलचित्र विकास बोर्डको अध्यक्षमा ३ जनाकाे आवेदन


काठमाण्डु– चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि ३ जनाको आवेदन परेको छ।

अध्यक्ष पदका लागि निर्देशक दिनेश डिसी, अभिनेत्री करिश्मा मानन्धर र संस्कृतिकर्मी राजेशकुमार थापामगरले आवेदन दिएका हुन्।

आवेदन दिने मिति भोलि (बुधबार) सम्म रहेकामा आज ३ जनाकाे आवेदन परेकाे चलचित्र विकास बोर्डका सदस्य सचिव राजेशकुमार थापा जानकारी दिए।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले साउन १६ गते सूचना जारी गर्दै १५ दिनभित्र आवेदन भर्न भनेको थियो।