ढाका–बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाविरुद्ध मुद्दा दर्ता भएको छ ।
गत महिना भएको हिंसात्मक झडपमा एक व्यक्तिको मृत्यु भएको भन्दै हसिना र अन्य ६ जनाविरुद्ध हत्याको मुद्दा दर्ता गरिएको हो ।
मंगलबार मिडिया रिपोर्टलाई उद्धृत गर्दै यो जानकारी आएको हो । बंगलादेशमा हिंसा र सरकार ढलेपछि हसिनाविरुद्ध दायर भएको यो पहिलो मुद्दा हो ।
बंगलादेशी मिडियाका अनुसार जुलाई १९ मा प्रहरीको गोली लागेर मारिएका किराना पसलका मालिक अबु सईदका शुभचिन्तकहरूले मुद्दा दायर गरेका हुन् ।
प्रतिक्रिया