अभिनेत्री सपना चौधरीविरुद्ध पक्राउ पूर्जी जारी

अभिनेत्री सपना चौधरीविरुद्ध पक्राउ पूर्जी जारी


काठमाण्डु –भारतीय अभिनेत्री सपना चौधरीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ।

मंगलबार दिल्लीको तीस हजारी अदालतले ठगी मुद्दामा सपनाको अनुपस्थितिका कारण वारेन्ट जारी गरिएको हो।

सपना विरुद्ध दिल्लीको आर्थिक अपराध शाखाले आरोपपत्र दायर गरेको छ। यो घटना सन् २०२१ को हो जब पवन चावला नामका व्यक्तिले सपना विरुद्ध उजुरी दिएका थिए।

रिपोर्टअनुसार, चौधरी उपस्थित नभएको भन्दै मुख्य न्यायिक मजिस्ट्रेट (सीजेएम) रश्मी गुप्ताले सपना चौधरीविरुद्ध गैर जमानती वारेन्ट जारी गरेकी हुन्।

उजुरीकर्ता पवन चावलाले सपनालाई कामका लागि पैसा दिएको बताएका छन्। तर, सपना र उनको परिवारका सदस्यहरूले त्यो पैसाको दुरुपयोग गरे। उनीविरुद्ध मे २८, २०२४ मा ठगीको मुद्दा दर्ता भएको थियो।