पाकिस्तान–पाकिस्तानमा पनि एमपक्स संक्रमण देखापरेको छ।
पाकिस्तानको स्वास्थ्य मन्त्रालयका अनुसार मुलुकमा पहिलोपटक एमपक्सको संक्रमित फेला परेका हुन्।
संक्रमित व्यक्ति खाडी देशबाट स्वदेश फर्किएका खैबर–पख्तुनख्वाको मर्दान जिल्लाका बासिन्दा हुन्।
संक्रमित व्यक्ति ककसको सम्पर्कमा आएका थिए भन्ने पत्ता लगाउन नमुना संकलन भइरहेको पाकिस्तानी स्वास्थ्य मन्त्रालयका प्रवक्ताले जानकारी दिएका छन्।
पाकिस्तानी स्वास्थ्य मन्त्रालयले बिहीबार सूचना जारी गरी विमानस्थल र त्यस्ता सबै ट्रान्जिट पोइन्टमा कडा स्क्रिनिङ भइरहेको बताएको थियो।
प्रतिक्रिया