चलचित्र ‘बेहुली फ्रम मेघौली’को दुई गीत सार्वजनिक

चलचित्र ‘बेहुली फ्रम मेघौली’को दुई गीत सार्वजनिक


काठमाण्डु-चलचित्र ‘बेहुली फ्रम मेघौली’ले ‘छड्के सलाम’ गीत सार्वजनिक भएको छ ।

आगामी असोज १७ गते अर्थात् घटस्थापनबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘बेहुली फ्रम मेघौली’को ‘बिहे गर्ने कि नगर्ने ?’ र ‘उडायो मन’ गरी दुई गीत सार्वजनिक भइसकेका छन् । यी दुई गीतले चर्चा पाइरहँदा शुक्रबार तेस्रो गीत ‘छड्के सलाम’ सार्वजनिक गरिएको हो ।

बिहे घरको रमाइलो देखाइएको गीतमा जयन जे वाइबाको शब्द तथा संगीत रहेको छ । कालीप्रसाद बाँस्कोटा, निश्चल बस्नेत र बबिना किराँतीको स्वर रहेको गीतमा प्रदीप लामा र रेविका खत्रीले कोरियोग्राफी गरेका छन् । गीतमा निश्चल र स्वस्तिमासहितका कलाकारहरुको नृत्य देख्न सकिन्छ ।

साजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन रहेको चलचित्रमा स्वस्तिमा र निश्चलसँगै विजय बराल, टीका पहारी, बसुन्धरा भुसाल, लोकेन्द्र लेखक, सिम्रन खड्का, सिरु विष्ट, अमीर गौतम, लुनिभा तुलाधर, मुकुन्द मैनाली, रामबाबु रेग्मी लगायतको अभिनय छ ।

निश्चल र स्वस्तिमा दम्पती आफैं निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा शंकर पाण्डे र फिरोज खड्का छन् ।