इंग्लिस प्रिमियर लिगमा लिभरपुलद्वारा इप्सविच पराजित

इंग्लिस प्रिमियर लिगमा लिभरपुलद्वारा इप्सविच पराजित


काठमाण्डु-इंग्लिस प्रिमियर लिगको दोस्रो खेलमा लिभरपुरले इप्सविचलाई पराजित गरेको छ । २००२ पछि पहिलोपटक लिग खेलेको टोली घरेलु मैदानमा २–० गोलले पराजित भएको हो । लिभरपुलले दुवै गोल खेलको दोस्रो हाफमा गरेको हो ।

डिओगो जोटाले खेलको ६०औं मिनेटमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । त्यसको ५ मिनेटपछि मोहमद सलाहले गोल गर्दै इप्सविचसँगको अग्रता दोब्बर पारेका थिए ।

आर्न स्लटले मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेयता लिभरपुलले पहिलोपटक प्रतिस्पर्धात्मक खेलमा जीत निकालेको हो । पूर्व डच फूटबलर स्टलले जुन १ देखि लिभरपुलको व्यवस्थापन सम्हालेका हुन् ।

यसअघि प्रिमियर लिगको यो सिजनको पहिलो खेलमा म्यान्चेस्टर युनाइटेडले फूलहामलाई १–० गोलले पराजित गरेको थियो । वर्ल्ड ट्राफोर्डमा भएको खेलमा म्यान्चेस्टरका लागि जोसुआ जिर्कजीले ८७ मिनेटमा गोल गरे ।