काठमाण्डु-शिक्षा मन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयका पदाधिकारी र प्राध्यापकहरूको सुरक्षा माग गरेकी छिन् ।
केही दिन यतादेखि त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरू माथि हमला गर्न खोज्ने र प्राध्यापकहरूलाई फोन गरेर धम्क्याउने कार्य भइरहेको भन्दै उनले गृहमन्त्रीसँग सार्वजनिक रूपमा सुरक्षा माग गरेकी हुन् ।
सामाजिक सञ्जाल एक्स मार्फत् मन्त्री भट्टराईले उनीहरूको सुरक्षा प्रबन्ध गर्न माग गरेकी छन् ।
‘त्रिभुवन विश्वविद्यालयमा केही दिनदेखि पदाधिकारीहरूमाथि हमला गर्न खोज्नु र प्राध्यापकहरूलाई फोन गर्दै धम्की दिने गरेको कारण सिङ्गो विश्वविद्यालय असुरक्षित बनेको छ । त्रिभुवन विश्वविद्यालयमा सुरक्षाका लागि व्यवस्थित प्रबन्ध गर्न म गृहमन्त्रीसँग जोडदार माग गर्दछु,’ उनले लेखेकि छन् ।
भट्टराईले आफूले सार्वजनिक अपिल गर्नुपर्ने भएर नै यसो गरेको स्पष्ट पर्दै भनेकी छन्, ‘सार्वजनिक अपिल गर्नुपर्ने भएर नै गरेको हो, कुनै आवेगमा आएर लेखेको होइन ।’
प्रतिक्रिया