दशौं राष्ट्रिय खेलकुद समयमै हुनेछ : मन्त्री चौधरी

दशौं राष्ट्रिय खेलकुद समयमै हुनेछ : मन्त्री चौधरी


बाँके – युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै हुने बताएका छन् ।

नेपाल प्रेस युनियन बाँकेद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले कर्णाली प्रदेशमा हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता समयमा सञ्चालन हुने गरी तयारी भइरहेको बताए ।

मन्त्री चौधरीले प्रदेश राजधानी सुर्खेतमा हुने प्रतियोगिताका खेलहरू समयमै सुरू गर्ने गरी रंगशाला निर्माण प्राथमिकताका साथ भइरहेको बताए । ‘प्रतियोगितामा सहभागी हुने खेलाडीको व्यवस्थापन गर्न गाह्रो हुने भएकाले केही खेलहरू नेपालगञ्जमा गर्ने विषयमा पनि छलफल भइरहेको छ, त्यसका लागि आवश्यक तयारी सुरू गरिएको छ । सुर्खेतमा खेल पूर्वाधार निर्माण धमाधम भइरहेका छन्,’ उनले भने ।