भ्रष्टाचारको मुद्दामा हदम्याद ल्याउने कुरा उठ्नु पनि घोर अपराध हाे : सांसद सिंह

भ्रष्टाचारको मुद्दामा हदम्याद ल्याउने कुरा उठ्नु पनि घोर अपराध हाे : सांसद सिंह


काठमाण्डु–राप्रपाका सांसद दीपकबहादुर सिंह भ्रष्टाचार मुद्दामा ५ वर्षे हदम्याद आफूहरुलाई स्वीकार्य नहुने बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भ्रष्टाचारको मुद्दामा हदम्याद ल्याउने कुरा सदनमा उठ्नु पनि घोर अपराध भएको जिकिर गरे ।

उनले भने, ‘प्रधानमन्त्रीले भ्रष्टाचार हुन दिन्न भन्नुहुन्थ्यो तर अहिले पाँच वर्षे हदम्याद तोकेका छन्, यो कानून आउँछ भने राप्रपाले मान्दैन । यस्तै हो भने ललिता निवास, बालमन्दिर, गंगालाल अस्पतालका जग्गा र गिरीबन्धु टिस्टेटका अर्बौँ रुपैयाँ ब्रम्हलुट गरेको छ त्यसलाई पास गर्नको लागि नियतले ल्याउने गइरहेको छ । यही दिन देख्नको लागि राजा फ्याँकेको हो ।’