राहत र अनुदान कोटालाई स्थायी शिक्षक दरबन्दीमा रूपान्तरण गरिँदैछ : प्रधानमन्त्री ओली

राहत र अनुदान कोटालाई स्थायी शिक्षक दरबन्दीमा रूपान्तरण गरिँदैछ : प्रधानमन्त्री ओली


काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यालयमा शिक्षक अभाव पूर्ति गर्न राहत दरबन्दी र शिक्षण सिकाइ अनुदान कोटालाई स्थायी शिक्षक दरबन्दीमा रूपान्तरण गर्न विधेयकमा प्रस्ताव गरिएको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘शिक्षक दरबन्दी अभाव पूर्ति गर्न संसद्मा विचाराधीन विद्यालय शिक्षा सम्बन्धी विधेयकमा राहत दरबन्दी र शिक्षण सहयोग अनुदान कोटालाई स्थायी शिक्षक दरबन्दीमा रूपान्तरण गर्न प्रस्ताव गरिएको छ ।’

सार्वजनिक विद्यालयमा रहेको स्थायी शिक्षक दरबन्दी अभाव पूर्ति गर्न राहत शिक्षक र शिक्षण सिकाइ अनुदान उपलब्ध गराउँदै आएको उनले बताए । ‘प्रदेश तथा स्थानीय तहबाट पनि वार्षिक रूपमा विद्यालयमा रकम उपलब्ध हुँदै आएको छ,’ उनले भने ।

शिक्षालय शान्ति क्षेत्र हुनुपर्नेमा आफैं ताला लगाउने अनि पढाइ भएन भन्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने उनले बताए । उनले भने, ‘यसखालका तरिका छाड्नुपर्छ । जिम्मेवार ढंगले शिक्षाको उन्नति कसरी हुनसक्छ ? जिम्मेवारीबोधका साथ ध्यान दिन जरुरी छ ।’