काठमाण्डु–नवीनतम इलेक्ट्रिक स्कुटरमा अग्रणी, जिहोले एई–फाेर इलेक्ट्रिक स्कुटर नेपालमा सार्वजनिक गर्ने भएको छ । स्कुटर ऋषि ट्रेड सेन्टर मार्फत उपलब्ध हुनेछ ।
एई–फाेर को ३.० किलाे वाट मोटरले ६५ किमी/घण्टा को गति पुर्याउन सक्छ । यसको ३१ लिटरको भण्डारण क्षमता र फराकिलो (एक्स एल )सिटले सहज र आराम प्रदान गर्ने विश्वास कम्पनिकाे रहेकाे छ ।
सुरक्षालाई प्राथमिकता दिँदै, एई–फाेरमा रहेको एविएस र इटिसिएसले विभिन्न सडक अवस्थाहरूमा उत्कृष्ट नियन्त्रणको प्रदान गर्दछ । स्कुटरमा उन्नत एनएफसी कुञ्जी कम इन्ट्री प्रणाली, र डिजिटल की, पासवर्ड, र मेकानिकलकी जस्ता बहुविधी अनलकिङ तरिकाहरु रहेका छन् ।
एई फोरको ७४ भि २७ एएच एटिएल लिथियम ब्याट्री रहेकाे छ, जसमा ९० किमी वा १७० किमीको विकल्पहरू उपलब्ध छन् । यसको रिभर्स मोडले साँघुरा ठाउँमा चलाउन सजिलो बनाउँछ, यसमा टाइप सी र युएसबी चार्जिङ पोर्टबाट चार्ज गर्न सकिन्छ।
याे नेबुला ह्वाइट, नेबुला ब्ल्याक, हेलिओस अरेन्ज, र भेलोसिटी ग्रे जस्ता आधुनिक रङहरूमा उपलब्ध रहेका छन्
प्रतिक्रिया