काठमाण्डु– विभिन्न माग राख्दै युवाहरूले शनिबार बालुवाटारनजिकै प्रदर्शन गरेको छ ।
गिरिबन्धु टी स्टेट, भुटानी शरणार्थी,ललिता निवास लगायतका काण्डमा यथाशीघ्र निष्पक्ष अनुसन्धानकाे माग राख्दै प्रदर्शन गरेका हुन् ।
उनीहरूले वित्तीय क्षेत्र, बैंक सहकारी, लघुवित्त, मिटरव्याजी पीडितहरूका समस्या तुरुन्त सम्बोधन गर्न पनि माग गरेका छन् ।
उनीहरूले भ्रष्टाचारीलाई जोगाउने नियतले ल्याइएको ५ वर्षे हदम्याद खारेज गर्न माग गरेका हुन् ।
सबै शीर्ष नेताका सम्पत्ति छानबिन गर्नको निम्ति नागरिकको तर्फबाट स्वतन्त्र नागरिक आयोग गठन गर्न,विद्युत् प्राधिकरणले विभिन्न व्यापारीबाट उठाउनुपर्ने २२ अर्ब २४ करोड रकम तुरुन्त असुल गर्न पनि उनीहरूको माग छ ।
प्रतिक्रिया