काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारसँग देश विकासको आशा गर्न र भर पनि पर्न आग्रह गरेका छन् ।
फिनिक्स कलेज र युनिभर्सल कलेजद्वारा शनिबार आयोजित ‘काठमाण्डु युुथ कन्क्लेभ २०२४’मा युवा सहभागीले सोधेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले सरकार केही गर्ने र परिवर्तन ल्याइछाड्ने संकल्पका साथ आएको स्पष्ट गरे ।
प्रधानमन्त्री ओलीले युवा सचेत नभएसम्म सोचे जसरी देशमा विकासको गति अघि बढाउन नसकिने बताउँदै युवा नै देश निर्माणका सम्पूर्ण शक्ति भएको बताए । अनुकूूल वातावरण भए विदेशमा रहेका नेपाली युवाहरू पनि स्वदेश फर्किने प्रधानमन्त्री ओलीको विश्वास थियो ।
युवालाई स्वदेशमै शिक्षा र रोजगारीका अवसरमा जोड्न सरकार प्रयासरत रहेको उल्लेख गर्दै उनले सरकारले स्टार्टअपका कार्यक्रम सुरु गरेको र निजी क्षेत्रबाट पनि १० हजारभन्दा बढी रोजगारीका अवसर सिर्जना गर्ने जानकारी गराए ।
राजनीतिक संघर्षको यात्राका सम्बन्धमा सोधिएको प्रश्नमा प्रधानमन्त्री ओलीले आफूले जेलनेल र दुःख भोगेर स्वतन्त्रता र लोकतन्त्रका लागि गरेको कामबाट हरेक नेपालीमा आत्मविश्वास र आत्मबल बढाउने विश्वास व्यक्त गरे ।
समाजमा बलात्कारजस्ता आपराधिक घटना रोक्न हरेक व्यक्ति र समाज आफैं आचरणयुक्त हुनुुपर्ने र कुनै त्यस्ता घटना भएमा कानूनको कडाइपूूर्वक पालना गरी दोषीलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रतिक्रिया