महोत्तरी– बर्दिवास र औरही नगरपालिकाको सिमानामा एक जना जनप्रतिनिधि मृत अवस्थामा फेला परेका छन ।
रामगोपालपुर नगरपालिका वडा नं.२ का वडा अध्यक्ष मुकेश यादव मृत भेटिएका हुन् ।सनिवार वेलुका घरवाट निस्किएका अध्यक्ष यादवको शव बर्दिबास–जलेश्वर सडक खण्डको कल्भर्टमुनी फेला परेको हो ।
मृत्युको कारण भने खुल्न सकेको छैन ।
प्रहरीको अनुसार मृतकको नाकवाट रगत वगेको, तिघ्रामा चोटपटक र केही निलडाम समेत देखिएको छ । शव र यादव सवार लु प्र ०१–००१प ६३६२ नम्बरको मोटरसाइकल पनि घटनास्थलमै रहेको छ ।
घटनाको थप विवरण पोष्टमार्टमपछी मात्र एकिन गर्न सकिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वडाध्यक्ष यादव गएको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए।
प्रतिक्रिया