काठमाण्डु–आइतबार सेयर बजारमा पहिराे गएकाे छ ।
आज नेप्से परिसूचक ७९.८८ अंक घटेर २८९४ अंकमा झरेको छ ।
आज १९ अर्ब ७४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
६० कम्पनीको मूल्य बढ्दा १८४ को घटेको छ ।
आज माइक्रोफाइनान्स बाहेकका सबै समूहगत सूचक घटेका छन् ।
माइक्रोफाइनान्स १.०८ प्रतिशत बढेको छ भने बैंकिङ ३.३१, विकास बैंक २.४४, फाइनान्स ३.५० प्रतिशतले घटेका छन् ।
यस्तै होटल तथा पर्यटन २.३८, हाइड्रोपावर ३.०४, लगानी ३.८३, जीवन बीमा २.५०, उत्पादन १.९८, निर्जीवन बीमा २.३२, अन्य ३.५५ र व्यापार समूह १.७६ प्रतिशत घटे।
आज अपि पावर कम्पनीको कुल ८४ करोडको सेयर किनबेच हुँदा हिमालय रिको ७३ करोड, शाइन रेसुंगा डेभलपमेन्ट बैंकको ५१ करोड, अरुणभ्याली हाइड्रोपावरको ३७ करोड र शिवम् सिमेन्टको ३२ करोडको सर्वाधिक कारोबार भएको छ।
प्रतिक्रिया