नेप्सेमा १११ अंककाे पहिराे, १८ अर्बकाे काराेबार

नेप्सेमा १११ अंककाे पहिराे, १८ अर्बकाे काराेबार


काठमाण्डु–मंगलबार सेयरबजार उच्च अंकले घटेको छ। आज नेप्से सूचक १११.९६ अंकले घटेर २७८२.६० विन्दुमा झरेको छ ।

यस्तै आज १८ अर्ब ६४ करोड ९५ लाखकाे काराेबार भएकाे छ ।

मंगलबार २० कम्पनीको मात्र सेयर मूल्य बढेको छ भने २२३ कम्पनीको घटेको र एउटाको आइतबारकै मूल्यमा कारोबार भएको छ।

आजको कारोबारमा तारागाउँ रिजेन्सी होटल, आत्मनिर्भर लघुवित्त र डोल्टी पावर कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ। योसँगै लगानीकर्ताले क्रमशः प्रतिकित्ता १२९.४० रुपैयाँ, ३४२.२० रुपैयाँ र ६१.८० रुपैयाँ आम्दानी गरेका छन्। अन्य कम्पनीको सेयर अधिकतम ९.८१ प्रतिशतसम्मले बढेको छ।

आज नेपाल फाइनान्सको सेयरमा भने नकारात्मक सर्किट लागेको छ। योसँगै लगानीकर्ताले २०३ रुपैयाँ प्रतिसेयर नोक्सानी व्यहोरेका छन्। त्यसबाहेक रिडी पावर कम्पनी, नेसनल हाइड्रोपावरलगायतको पनि मूल्य घटेको छ।

सर्वाधिक कारोबारमा हिमालय रि इन्स्योरेन्स अगाडि छ। कम्पनीको ६५ करोड ४२ लाख, अपि पावरको ५१ करोड ७५ लाखको कारोबार भएको छ।