लक्ष्यअनुसार जुनसुकै हालतमा राजश्व उठाउनुपर्छ : गृहमन्त्री लेखक

लक्ष्यअनुसार जुनसुकै हालतमा राजश्व उठाउनुपर्छ : गृहमन्त्री लेखक


काठमाण्डु-गृहमन्त्री रमेश लेखकले लक्ष्यअनुसार राजस्व उठाइने बताएका छन् ।

अर्थमन्त्रालयमा बसेको केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकमा गृहमन्त्री लेखकले कुनै हालतमा लक्ष्यअनुसार राजस्व उठाउन गृह मन्त्रालयले पूर्णरुपमा काम गर्ने बताए ।

‘राजस्व लक्ष्यअनुसार उठिरहेको छैन । लक्ष्यअनुसार राजस्व उठाउने विषयमा गृहमन्त्रालयबाट अर्थमन्त्रालयले राखेको अपेक्षा अनुसार गृहमन्त्रालयले काम गर्छ,’ उनले भने ।

राजस्व चुहावट नियन्त्रणका लागि सशस्त्र द्वन्द्वमा बन्द भएका छोटी भन्सारहरू सञ्चालनमा ल्याउनुपर्नेमा मन्त्री लेखकले जोड दिए ।

‘भन्सार एकदमै कम भए । मान्छेलाई पहिला भन्सार तिर्नका लागि उत्प्रेरित गर्नुप¥यो । त्यसपछि चोरी पैठारी नियन्त्रण गर्नुप¥यो । सशस्त्र द्वन्द्वको बेलामा हामीले साना भन्सारहरू ठूला भन्सारमा मिलायौं । तीनलाई यथास्थानमा स्थापित गरिदिऔं,’ उनले भने ।

जग्गा र भवन भएका छोटी भन्सार सञ्चालनमा ल्याउने विषयमा आजै निर्णय गरी जनशक्ति पठाउन गाह्रो नभएको गृहमन्त्री लेखकले बताए ।
‘भन्सारको जनशक्ति कम छ भने बढी जनशक्ति भएको ठाउँबाट ताने भइहाल्छ । यसमा मैले सहयोग गर्छु । भारततिर भन्सार छैन भनेर

नेपालमा छोटी भन्सार सञ्चालन गर्न नरोकौं । छोटी भन्सार हुँदा राजस्वमा वृद्धि हुन्छ भन्ने मलाई लागेको छ,’ उनले भने ।

गृहमन्त्री लेखकले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई गृह मन्त्रालयले गर्ने काममा कमी कमजोरी भए जुन सुकै बेला भन्न आग्रह गरे । यस्तै गृहमन्त्री लेखकले सीमित स्रोत साधनका बाबजुद प्रहरीले धेरै भार बोकेको भन्दै अर्थमन्त्री पौडेलका ध्यानाकर्षण गराए ।