काठमाण्डु–नेपालमा २०२४ भर्सनको बीवाईडी एट्टो ३ औपचारिक रुपमा लन्च भएको छ ।
बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले बीवाईडी एट्टो ३ लाई औपचारिक रुपमा भित्र्याएको हो ।
नेपालको पहिलो स्पोर्टी इलेक्ट्रिक एसयूभी बीवाईडी एट्टो ३ देशमा सबैभन्दा बढी बिक्री हुने एसयूभी बन्ने क्रममा रहेको छ ।
बीवाईडी एट्टो ३ नेपाल भित्रिएको छोटो समयमै ३ हजार युनिट भन्दा बढी नेपाली सडकमा गुडिरहेका छन् ।
बीवाईडी एट्टो ३ को बारेमा
यसको इन्टेरियर युनिक ब्ल्याक र ब्लु कलर स्किममा समेत उपलब्ध रहेको छ । यसको एक्सटेरियरमा पनि महत्वपूर्ण सुधार गरिएको छ । रियर ब्याज अर्थात पछिल्लो भागमा पहिले ‘बिल्ड योर ड्रिम’ ब्याज रहेकोमा अब भने स्लिक खालको ‘बीवाईडी’ मात्र लेखिएको छ ।
डी–पिलर पहिले ड्रागन स्केल जस्तै प्याटर्न सहित सिल्भर कलरमा रहेकोमा अब भने स्टाइलिस ब्ल्याक कलरमा रहेको छ । यसले गाडीलाई स्पोर्टी डिजाइन दिएकोले हेर्दा आकर्षक देखिन्छ ।
पहिले १२.८ इन्च रहेको इन्फोटेनमेन्ट सिस्टमलाई अब १५.६ इन्चको बनाइएको छ ।
सुपेरियर ग्रिप र सबै टेरेन्समा राम्रो ह्यान्डलिङ प्रदान गर्न गाडीको दुवै भेरिएन्टमा हाई–पर्फमेन्स कन्टिनेन्टल टायर राखीएको छ ।
बीवाईडी एट्टो ३ को २०२४ भर्सनमा बीवाईडी एप जोडीएको छ जसले गाडी धनीको ड्राइभिङ अनुभवलाई सहज तरिकाले नियन्त्रण गराउछ ।
बीवाईडी एपमार्फत गाडीको रेन्ज र पावर लेभल चेक गर्न, टायर प्रेसर चेक गर्न र गाडीका ढोका तथा झ्याल बन्द भएको वा नभएको वारेमा थाहा पाउन सकिन्छ भने टाढैबाट गाडीको स्थिति पत्ता लगाउन, एसी सञ्चालन गर्न र गाडीको हर्न तथा लाइट नियन्त्रण गर्न सकिन्छ ।
बीवाईडीको ई–प्लेटफर्म ३.० मा बनेको र सुरक्षित ब्लेड ब्याट्रीद्वारा संचालित बीवाईडी एट्टो ३ मा इको–फ्रेन्ड्ली डिजाइन सहितको पावरफुल पर्फमेन्स जोडीएको छ । डिआईलिंक सिस्टममा उपलब्ध गराइएको नयाँ फिचर ‘क्याम्पिङ मोड’ ले एड्भेन्चर तथा आउटडोरमा सहजै यात्रा गराउछ।
दुवैमा १०० किलोवाटको मोटर रहेको छ । बीवाईडी एट्टो ३ को २०२४ भर्सन कसमस ब्ल्याक, स्कि ह्वाइट, बुल्डर ग्रे र सर्फ ब्लु गरी विभिन्न चार कलर अप्सनमा उपलब्ध छ ।
कति छ मूल्य ?
बीवाईडी एट्टो ३ २०२४ भर्सन एड्भान्स्ड र सुपेरियर गरी दुई भेरिएन्टमा उपलब्ध रहेको छ ।
एड्भान्स्डमा ४९.९२ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ र यसको मूल्य ५६ लाख ९० हजार रुपैयाँ तोकिएको छ । त्यसैगरी सुपेरियरमा ६०.४८ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ र यसको मूल्य ६७ लाख ८० हजार रुपैयाँ तोकिएको छ ।
प्रतिक्रिया