काठमाण्डु–बुधबार सेयर बजार झिनो अंकले उकालाे लागेको छ ।
केहि दिन यता लगातार ओरालो लागेको सेयरबजार आज झिनो अंकले बढेकाे हाे ।
आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३.८० अंकले बढेकाे हो ।
आज परिसुचक २७८६ कायम भएको छ । आज ३ लाख ५० हजा कित्ता सेयर किनबेच हुँदा १३ अर्बको कारोबार भएको छ ।
आज कारोबारमा आएका २४३ कम्पनीमध्ये ९७ वटाको मूल्य बढ्दा १४३ वटाको घटेको छ भने ४ वटाको अघिल्लो मूल्यमै कारोबार भएको छ।
लिबर्टी इनर्जी कम्पनी, हिमालयन हाइड्रोपावर र मिडसोलु हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेको छ।
यस दिन बैंकिङ समूहको सूचक ०.९२, होटल तथा पर्यटन ०.०९, हाइड्रोपावर ०.४९, लगानी १.०१, उत्पादन ०.०३, अन्य ०.०९ प्रतिशत बढे । विकास बैंक ०.८०, फाइनान्स १.६९, जीवन बीमा ०.४४, माइक्रोफाइनान्स १.०८, निर्जीवन बीमा ०.९७ तथा व्यापार समूह १.४३ प्रतिशत घटे ।
पिपुल्स हाइड्रोपावरको ९, थ्रीस्टार हाइड्रोपावरको ७.७, एचआईडीसीएलको ५.६ प्रतिशत मूल्य बढ्यो । कर्णाली विकास बैंकको ६.८, स्वरोजगार लघुवित्तको ५.१, अपरसोलु हाइड्रोको ५.१ तथा मल्टिपर्पस फाइनान्सको ४.९ प्रतिशत मूल्य घट्यो ।
कारोबारमा चन्द्रागिरि हिल्स अगाडि छ। कम्पनीको ४३ करोडको कारोबार हुँदा नेपाल फाइनान्स ४१ करोड, हिमालयन रि इन्स्योरेन्स ३८ करोड र अपिपावरको ३३ करोडको सेयर कारोबार भएको छ।
प्रतिक्रिया