काठमाण्डु-मिस युनिभर्स २०२३ विजेता शेनिस पलासियोस नेपाल आएकी छन् । मिस युनिभर्स नेपाल २०२४ मा उपस्थित हुन उनी आज नेपाल आइपुगेकी हुन् ।
निकारागुवाकी २४ वर्षिया पलासियोस ७२ औं मिस युनिभर्स हुन सफल भएकी थिइन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजकले स्वागत गरे ।
जिम्बाबेबाट काठमाडौं आइपुगेकी पलासियोसको टोलीमा अन्य तीनजना सदस्य पनि छन् । आफ्नो पहिलो नेपाल भ्रमणमा आइपुगेकी पलासियोसले विमानस्थलमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिंदै नेपाल आउँदा खुसी लागेको बताइन् ।
मिस युनिभर्स नेपालकी प्रवक्ता रोशिका गिरीका अनुसार पलासियोसको टोली नेपालमा तीन दिन रहनेछ । पलासियोस निकारागुवाकी चर्चित मोडल तथा मिस युनिभर्स २०२३ की विजेता समेत हुन् ।
भदौ २२ गते शनिबार हायात होटलमा मिस युनिभर्स नेपालको फिनाले हुँदेछ । मिस युनिभर्स नेपालको यस वर्षको संस्करणको आयोजना पहिलोपटक ग्लोबल ग्ल्यामरले गर्न लागेको हो । उपाधिका लागि २२ जना फाइनलिस्ट भिड्ने तयारीमा छन् ।
प्रतिक्रिया