डा. गोविन्द केसी बिरामी, अस्पताल भर्ना

डा. गोविन्द केसी बिरामी, अस्पताल भर्ना


काठमाडौं – छातीमा दुखाइ बढेपछि सोमबार बिहान ४ बजे डा. गोविन्द केसी अस्पताल भर्ना भएका छन्। डा. केसीलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको इमर्जेन्सीमा भर्ना गरिएको उनका सहयोगी अभिषेकराज सिंहले जानकारी दिए। सिंहका अनुसार डा केसीको अहिले सीसीयूमा राखेर उपचार भइरहेको छ ।

केही जाँचहरूको रिपोर्ट आएको र केहीको आउन बाँकी रहेको अस्पतालले जनाएको छ । उनको उपचारमा डाक्टर अरुण सायमी र उनका टिम संलग्न छन्। चिकित्सा शिक्षा सुधारको माग राख्दै केसी १५ पटकसम्म अनसन बसेका छन्।

लामो अनसन बसेकाले उनको मुटुमा पहिला पनि केही समस्या देखिएको थियो। सरकारले चिकित्सा शिक्षा विधयेक संसदमा पेस नगरेको भन्दै डाक्टर केसीले केही दिनअघि आफू फेरि अनसन बस्ने चेतावनी दिएका समेत दिएका थिए।