काठमाण्डु – साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासँघले आज छापावाला सुन प्रतितोला एक लाख ५२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको जानकारी दिएको छ । शुक्रबार छापावाला सुन एक लाख ५२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
आइतबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा २५ रुपैयाँले घटेर प्रतितोला एक हजार ७९५ रुपैयाँमा झरेको हो । शुक्रबार चाँदी तोलामा एक हजार ८२० रुपैयाँमा कारोबार एको थियो ।
प्रतिक्रिया