नाडा अटो शोमा कुन कम्पनीका कति गाडी बुकिङ भए ?

नाडा अटो शोमा कुन कम्पनीका कति गाडी बुकिङ भए ?


काठमाण्डु– काठमाडौँमा १६औं संस्करणको ‘नाडा अटो सो २०२४’ चलिरहेको छ । गत मंगलबार बाट सुरु भएको शोको आज अन्तिम दिन हो । झरीको प्रवाह नगरी भृकुटीमण्डपको प्रर्दशनी स्थलमा चलिरहेको शोमा नयाँ २ पाङ्ग्रेपाङ्ग्रे सबारी साधन हेर्ने, बुकिङ गर्ने, पार्टपुर्जाको बारेमा बुझ्न चाहनेहरूकाे घुइँचो देख्‍न सकिन्छ ।

मंगलबार सुरु भएको अटो शोमा पहिलो दिननै १५ हजार भन्दा बढी दर्शकले अवलोकन गरेको आयोजकहरूले बताएका छन् । आइतबार मध्यान्हसम्म ७६ हजार बढी दर्शकले अवलोकन गरेका छन् । 

शनिबार साझँसम्ममा अवलोकन गर्नेहरुको संख्या ७५ हजार पुगेको नाडा अटो शोका संयोजक अनुपकुमार बरालले जानकारी दिए । ‘६ दिन सम्म चल्ने शोमा ७५ हजार दर्शक भित्र्याउने लक्ष्य थियो, सो लक्ष्य अनुसारनै शनिबारसम्म ७४ हजार ५ सयको हाराहारीले अवलोकन गरे । आज अन्तिम दिन हो । हजार अवलोकनकर्ता थपिन्छन् भन्ने विश्वास छ’, बरालले भने । 

यस पटक विद्युतीय गाडीमा दर्शकको चाप अत्याधिक देखिएको थियो । ८० प्रतिशत अवलोकनकर्ताले विद्युतीय गाडी रोजेका छन् । 

शोमा १ सय ३० वटा स्टल छन् । जसमा  चारपाङ्ग्रे, दुईपाङ्ग्रे, सेमी कमर्सियल तथा कमर्सियल भेहिकल र अटो कम्पोनेन्टमा टायर, लुब्रिकेन्ट्स, ब्याट्री, हेल्मेट, स्पेयर पाट्स् लगायत छन् । 

५५ ब्रान्डका गाडी प्रदर्शनीमा राखिएको छ । प्रदर्शनीमा २४ ब्रान्डका चार पाङ्ग्रे, १९ ब्रान्डका दुई पाङ्ग्रे र १२ ब्रान्डका हलुका व्यावसायिक गाडी प्रदर्शनीमा राखिएको छ ।

यस्तै लुब्रिकेन्ट्स, टायर, ब्याट्री लगायतका कम्पनीका ३३ स्टल छन् ।  

स्टलमा ८० प्रतिशत विद्युतीय सवारीसाधनको सहभागिता रहेको नाडा अटो शोका संयोजक बरालले बताए । शनिबार सम्ममा २४ सय सवारी साधन बुकिङ भएका छन् भने आज आइतबार बुकिङ गर्नेको संख्या बढ्दो छ । 

नाडा अटो शोमा २ हजार बढी ४ पाङ्ग्रे र ५ सयको हाराहारीमा २ पाङ्ग्रे सवारी साधन बुकिङ भएको व्यवसायीहरू बताउछन् । 

शोमा इलेक्ट्रिक मध्यम स्तरका गाडीहरूले दर्शकलाई आकर्षित गरेका छन् ।  डङ्फेङको नामी, हुन्डाईको क्रेटा, लिपमोटर,टाटाको पन्च इभी, महिन्द्राको एक्सयुभी ४९९ तथा स्कोरपियो, सेरेस, ओमोडा तथा जेको जे ६, डिपल, बिवाइडी, जस्ता ब्राण्डका गाडी धेरै बुकिङ भएका छन्। भने दुई पाङ्ग्रेमा ट्राइम्फ, हिरो, बजाज, सिएफमोटो, एथर, रोयल इन्फिल्ड,तथा यामाहाका बाइकहरूमा धेरै बुकिङ भएका छन्।

कम्पनीहरूले १० लाख सम्म छुटदेखि अनेकौँ अफर राखेकाले पनि इलेक्ट्रिक गाडीप्रति ग्राहकको चाप बढेको अनुमान लगाउन सकिन्छ ।

शोमा मध्यम स्तरका गाडीमा आकर्षण छ। मेलामा डङ्फेङको नामी, हुन्डाईको क्रेटा, टाटाको पन्च इभी, महिन्द्राको एक्सयुभी ४९९ तथा स्कोरपियो, सेरेस, ओमोडा तथा जेको जे ६, डिपल, बिवाइडी, लिपमोटर जस्ता ब्राण्ड का गाडी धेरै बुकिङ भएका छन्। दुई पाङ्ग्रेमा भने ट्राइम्फ, हिरो, बजाज, एथर, रोयल इन्फिल्ड, सिएफमोटो तथा यामाहाका बाइकहरूमा धेरै बुकिङ भएका छन्।

अहिलेसम्म हुन्डाईको ७५, नामीको ४४३, टाटाको ४७१, बिवाइडीको ४७७, जेको र ओमोडाको २९५ गाडी बुकिङ भएको आधिकारिक बिक्रेताहरूले जानकारी दिएका छन् । 

स्काईवेल ब्रान्डको  १०० वटा बुकिङ गरेको जानकारी दिएको छ । यसै गरि सेरेस १७७, डिपल ९८, एक्सपेङ १३, भोल्ट्स ३६, अवतार २०, बिएडब्लु ३८, जिकर २५ युनिट गाडी बुकिङ भएका कम्पनीहरूले जनाएका छन् । 

दुई पाङ्ग्रेमा एथर ४२, ट्राइम्फ १८०, रोयल इन्फिल्ड २६, बजाज ३९, सिएफमोटो ४० बटा बुकिङ भएको  आयोजकले जानकारी दिएका छन् ।

यो साल नाडामा भित्रिए ८ नयाँ गाडी 
यो साल शोमा नामी, जेइकु, एक्सपेङ, अवतार, लिपमोटर, केई, जिकर र बिएडब्लु कम्पनीका ८ वटा नयाँ गाडी भित्रिएका छन् । बीवाइडीको सिलायन–०७, ब्रम्बी ह्याचब्याक, लिप मोटर, जिकर एक्स, एक्सपेङ जी–६, स्काइवेल बीई–११,नेटा एक्स, रिडारा, नामी, पन्च डट ईभी,दिपल एल–०७, जेइकुको जे–६, अवतार ११ नयाँ ब्राण्डका इलेक्ट्रिकल भेइकल भित्रिएका छन् । जसको मूल्य प्रिमियमदेखि सस्तोसम्म रहेको छ । 

अवतार ११
अवतार ११ नेपाली बजारमा उपलब्ध हुने सबैभन्दा प्रिमियम ईभी हुने कम्पनीले बताएको छ । यसको मूल्य १ करोड ४५ लाख छ । ९० किलोवाट आवरको ब्याट्री रहेको यो कारमा ९०.३८ किलोवाट आवर र ११६.७९ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ  । यसको ग्राउन्ड क्लियरेन्स १३६ एमएम छ । ९०.३८ किलोवाट आवरको ब्याट्री प्याक र २३० किलोवाट क्षमताको रियर ह्विल ड्राइभ मोटर छ । ५ सय ५५ किलोमिटर रेन्ज छ ।

स्काइवेल बीई–११
नाडा अटो शोमार्फत जी मोटर्सले स्काइवेल बीई–११ का थप २ नयाँ भेरियन्टका गाडी ल्याएको छ । स्काइवेल ५१.९२ किलोवाट आवर ब्याट्री अप्सन भएको ईभीको मूल्य ७९ लाख ९० हजार र ७१.९८ किलोवाट आवर ब्याट्रीको मूल्य ८९ लाख ९० हजार छ । यो गाडी ४ सय १० किलोमिटर रेन्ज र ५ सय २० किलोमिटर रेन्जमा उपलव्द रहेको छ । 

एक्सपेङको जी–६

चिनियाँ कम्पनीको एक्सपेङको जी–६ मा ६६ किलोवाट आवरको लिथियम आयोन ब्याट्री प्याक छ । जी–६ मा १९० किलोवाटको सिंगल मोटर रियर ह्विल ड्राइभ भर्सन रहेको छ । यसको मूल्य ८५ लाख रुपैयाँ तोकिएको छ ।

जिकर एक्स

चिनियाँ कम्पनीको जिकर एक्स इभि पनि यो सिजनको नाडा अटो शो मार्फत नेपाल भित्रिएको छ । टु ह्विल ड्राइभ र फोर ह्विल ड्राइभ अप्सनमा जिकर एक्स उपलव्ध रहेको छ । यसको मूल्य  टु ह्विल ड्राइभको ८० लाख र फोर ह्विल ड्राइभ भर्सनको मूल्य १ करोड ५० लाख रुपैयाँ पर्ने कम्पनीले जनाएको छ । ४ सय ४० किलोमिटर रेन्ज दिने जिकर एक्समा ६६ किलोवाट आवरको ब्याट्री प्याक छ ।यसमा रियर ह्विल ड्राइभमा २०० किलोवाट र अल ह्विल ड्राइभमा ३ सय १५ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर जडान भएको छ । 

लिप मोटरको ‘सी–१०’ एसयूभी

 लिप मोटर नेपालमा पहिलो पटक भित्रिएको हो । यसको मूल्य ६८ लाख पर्छ।  ६९‍‍९ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री भएकाले सिंगल चार्जमा यसले ४ सय २० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी  छ  । यसमा १९० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स, ४ सय ३५ लिटरको बुट स्पेस र २८२५ एमएम लामो ह्विल बेस दिइएको छ ।

बीवाइडीको सिलायन–०७

बीवाईडीले नाडा अटो शोमा ‘सिलायन–०७’ ल्याएको छ । सिलायन–०७ दुई ब्याट्री अप्सन ७१.८ र ८०.६४ किलोवाट आवरमा रहेको बताइएको छ । एक पटकको फुल चार्जमा ५ सय ५० किलोमिटर र लङ रेन्जले ६ सय १० किलोमिटर रेन्ज दिन्छ ।

ब्रम्बी ह्याचब्याक

बीएडब्लूको इलेक्ट्रिक उत्पादन ब्रम्बी ह्याचब्याक नाडा अटो शोमार्फत बजारमा भित्रिएको छ । ह्याचब्याकमा १७.२८ किलोवाट आवरको ब्याट्री दिइएको छ । यसले २ यस ५ किलोमिटर रेन्ज दिने दाबी गरिएको छ । यसमा ३० किलोवाट पिकपावर मोटर रहेको छ । कम्पनीले २१ लाख ९० हजार मूल्य तोकेको छ ।

नेटा एक्स र रिडारा
सीजी मोटर्सले नेटा ईभीको नयाँ मोडल ‘नेटा एक्स’ शोमार्फत नेपाली बजारमा भित्रिएको छ । ५२ किलोवाट आवर ब्याट्री  भएको नेटा एक्स’को मूल्य ५३ लाख र ६२ किलोवाट आवरका ब्याट्री भेरिएन्टको गाडीको मूल्य ६३ लाख रुपैयाँ छ । उपलब्ध गाडीको मोटरपावर १०० किलोवाट छ । 

नामी

नाडा अटोमार्फत नामीका ३ वटा भेरियन्ट भित्रिएका छन् ।  ‘ई–१’ ३० लाख , नामी ‘ई–२’ को ३२ लाख र नामी ‘ई–३’ को ३५ लाख मूल्य तोकिएको छ ।

यसमा ३१.५ र ४२.३ किलोवाट आवरको दुई ब्याट्री एलएफपी अप्सनमा छ । ठूलो ब्याट्री अप्सनले ३ सय १० किलोमिटर रेन्ज दिने छ ।

जेइकुको जे–६

सपीजी अटोमोबाइलले नेपालमा आधिकारिक रूपमा   ‘जेइकुको जे–६’लाई  िभत्र्याएकाे छ। यो ईभीले६५.६९ किलोवाट आवरको ब्याट्री प्याक रहेको एक पटकको फुल चार्जमा ४ सय किलोमिटरसम्म रेन्ज दिन्छ । रियर ह्विल ड्राइभ सिस्टममा १३५ किलोवाट क्षमताको मोटरसहित यो नेपाली बजारमा आएको छ । यसमा २२० एनएम टर्क र २०० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स छ ।

जे–६ को मूल्य ६७ लाख रहेकाे छ ।

तस्बिरहरू : गिताञ्‍जली दाहाल/काठमाण्डुपाटी