२७०० विन्दुबाट ओर्लियो नेप्से, कारोबार रकममा पनि गिरावट

२७०० विन्दुबाट ओर्लियो नेप्से, कारोबार रकममा पनि गिरावट


काठमाण्डु – साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर २७०० विन्दुभन्दा तल ओलिएको छ । आइतबार नेप्से परिसूचक ५३.६३ अंक घटेर २६९५.९३ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ८.९१, फ्लोट इण्डेक्स ३.९० र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.६८ अंक घटेका छन् ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। बिहीबार १२ अर्ब २४ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३३७ स्टकको १ लाख ३० हजार ६३२ पटकको कारोबारमा १० अर्ब ५१ करोड ७६ लाख रुपैयाँ बराबरको २ करोड ६२ लाख ४६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने तीन स्टकको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सुपर माई हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा तथा पिपुल्स हाइड्रोपावर कम्पनी, माइ खोला हाइड्रोपावर र थ्रि स्टार हाइड्रोपावरको शेयर यस दिन नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

कारोबार रकमका आधारमा आज गुडविल फाइनान्स शीर्ष स्थानमा रह्यो ।

१३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घट्यो ।