अगस्टमा झण्डै ७३ हजार पर्यटक नेपाल भित्रिए, सबैभन्दा धेरै भारत र चिनबाट

अगस्टमा झण्डै ७३ हजार पर्यटक नेपाल भित्रिए, सबैभन्दा धेरै भारत र चिनबाट


काठमाण्डु– सन् २०२४ को अगस्टमा ७२ हजार ७१९ पर्यटक नेपाल भित्रिएका छन्।

पर्यटन बोर्डले संकलन गरेको तथ्यांकअनुसार गत वर्षको तुलनामा नेपाल भित्रिने पर्यटकको संख्या बढेको हो । गत वर्षको तुलनामा ८.२९ प्रतिशतले वृद्धि भएका हुन्।

२०१९ को अगस्टमा ९४ हजार ७४९ पर्यटक भित्रिएका थिए भने २०२३ मा ६७ हजार १५३ पर्यटक नेपाल आएका थिए।

अगस्ट महिनामा सबैभन्दा धेरै पर्यटक आउने ५ मुलुकमा भारत, चीन, अमेरिका, श्रीलङ्का र बङ्गलादेश रहेका छन् । यीमध्येमा सबैभन्दा धेरै भारतीय पर्यटक नेपाल भित्रिएको बोर्डले जनाएको छ ।

नेपाल भित्रने प्रमुख ५ देशमा भारतबाट २५ हजार ८३२, चीनबाट ६ हजार ६१४, अमेरिकाबाट ५ हजार ६१४, श्रीलंकाबाट ४ हजार ८५१ र बंगलादेशबाट ३ हजार ७७ पर्यटक भित्रिएको बोर्डले उल्लेख गरेको छ।