काठमाण्डु- नेपाल प्रहरीका तीन जना डीआईजीहरुको सरुवा भएको छ । सरुवा हुने डीआईजीहरुमा कृष्णहरी शर्मा, भरतबहादुर बोहरा र किरण राणा रहेकी छिन् ।
गृहमन्त्रालयले सोमबार तीन जना डीआईजीहरुको काज सरुवा गरेको हो । मन्त्रालयले शर्मालाई बागमती प्रदेश प्रमुखमा,बोहरालाई ट्राफिक प्रहरी प्रमुखमा र सीआईबीमा कार्यरत डीआईजी किरण राणालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रमुखमा सरुवा गरिएको छ ।
प्रतिक्रिया