हवाइ भाडा घट्यो, कहाँको कति ?

हवाइ भाडा घट्यो, कहाँको कति ?


काठमाण्डु–नागरिक उड्डयन प्राधिकरणले हवाइ भाडा घटाएको छ ।

नेपाल आयल निगमले भदौ १५ गते आन्तरिक हवाइ इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटाउँदा आन्तरिक उडानको भाडा पनि घटाएको हो ।

न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम २६५ रुपैयाँसम्मले हवाइ भाडा घटेको हो ।

काठमाडौं विमानस्थलाई आधार बनाएर तय भएको यस्तो भाडादरमा सबैभन्दा कम सिमरा उडान गर्दा ४५ रुपैयाँ र सबैभन्दा बढी नेपालगन्ज उडान गर्दा २६५ रुपैयाँ घटेको छ ।

घटेको हवाइ भाडा बुधबारदेखि नै लागू भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।